काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदी नियुक्त भएका छन् । सरकारले मन्त्रिपरिषद्को निर्णयबाट सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार सुवेदीलाई नियुक्तिपत्र प्रदान गरेका छन् । नियुक्तिपत्र दिँदै अर्थमन्त्री वाग्लेले इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि चार जना प्रतिस्पर्धामा थिए । प्रतिस्पर्धामा सुवेदीसहित नवराज सापकोटा, नारायण सापकोटा र अनिल राज पौडेल सहभागी थिए ।
नेप्सेको नेतृत्वमा नयाँ नियुक्तिसँगै नेपालको पुँजी बजारको नियमन, कारोबार प्रणालीको सुधार, प्रविधिको विकास र बजार विस्तारका विषयमा नयाँ नेतृत्वको भूमिका महत्त्वपूर्ण हुनेछ ।



