काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य १३ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ थियो ।
यता चाँदी पनि २६५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँ थियो ।



