काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो त्रैमास (साउन देखि असोजमसान्त) मा जीवन बीमा कम्पनीहरूले सोड ५७ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासमा ५७ अर्ब ५२ करोड २० लाख बीमा शुल्क संकलन गरेको छ । जुन गत आव २०८२/८३ को तुलनामा १६.८५ प्रतिशतले बढी हो । बीमा कम्पनीहरुले गत आव २०८२/८३ को पहिलो त्रैमासमा ४९ अर्ब २२ करोड ९३ लाख बीमा शुल्क संकलन गरेका थिए ।
बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले २४ लाख १२ हजार ८२७ वटा बीमा लेख मार्फत उक्त बीमा शुल्क आर्जन गरेका हुन् । समिक्षा अवधिमा प्रथम बीमा शुल्क १२ अर्ब ७५ करोड ३३ लाख रहेको छ भने नवीकरण बीमाशुल्क ४४ अर्ब ७६ करोड ८८ लाख रहेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार समिक्षा अवधिमा सबैभन्दा बढी बीमा शुल्क संकलन गर्ने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल र हिमालयन लाइफ इन्स्योरेन्स लगायतका कम्पनीले बीमा शुल्क संकलन गरेको छ । चालु आवको पहिलो त्रैमासमा नेपाल लाइफले १४ अर्ब ७२ करोड ८९ लाख, नेशनलले ७ अर्ब ३६ करोड २६ लाख, एलआइसीले ५ अर्ब ४५ करोड ७८ लाख र हिमालयन लाइफ इन्स्योरेन्सले ५ अर्ब १५ करोड १३ लाख बराबर बीमा शुल्क संकलन गरेको छ ।गत आवको सोही अवधिमा १३ अर्ब ४५ करोड ५० लाख, नेशनलले ५ अर्ब ६८ करोड ४७ लाख, एलआइसीले ४ अर्ब ९८ करोड ३४ लाख र हिमालयन लाइफ इन्स्योरेन्सले ४ अर्ब ४३ करोड ६१ लाख बराबर बीमा शुल्क संकलन गरेको थियो ।
यसैगरी चालु आवको पहिलो त्रैमासमा राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८३ करोड १७ लाख, सूर्यज्योति लाइफले ३ अर्ब ५१ करोड ५८ लाख र एसियन लाइफले २ अर्ब ७८ करोड २५ लाख बराबर बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५३ करोड २२ लाख, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड १० लाख र एसियन लाइफले २ अर्ब २६ करोड ९६ लाख बराबर बीमा शुल्क संकलन गरेको थियो ।
त्यस्तै समीक्षा अवधिसम्म सिटिजन लाइफले २ अर्ब ५२ करोड १ लाख, सानिमा रिलायन्स लाइफले २ अर्ब २४ करोड ५८ लाख, आइएमई लाइफले २ अर्ब १७ करोड, मेटलाइफले १ अर्ब ८६ करोड ७१ लाख, रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड ९ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८४ करोड ५ लाख र सन नेपाल लाइफले १ अर्ब १९ करोड ६५ लाख बराबर बीमाशुल्क संकलन गरेका छ । गत आवको सोही अवधिमा सिटिजन लाइफले २ अर्ब १७ करोड ८६ लाख, सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड ४० लाख, आइएमई लाइफलले १ अर्ब ५१ करोड ५४ लाख, मेटलाइफले १ अर्ब ६६ करोड ४२ लाख, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड ६६ लाख, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड ६ लाख र सन नेपाल लाइफले ९५ करोड ७२ लाख बराबर बीमा शुल्क संकलन गरेको थियो ।
नोट :यो प्रतिशतको रातो संख्या ऋणात्मक नभई सहजै देखिनका लागि रातो रंग लगाइएको हो ।




