काठमाडौं । यामाहाको नयाँ स्कुटर खरिद गरेकी बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँको भारी नगद पुरस्कार जितेकी छन्। यामाहा नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ योजनाअन्तर्गत उनले यो ग्रान्ड प्राइज हात पारेकी हुन्।
रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम ‘बाइकर्ज बुटवल प्रा. लि.’ बाट Yamaha RayZR 125-FI Street Rally Hybrid स्कुटर खरिद गरेकी थिइन्। सोही खरिदका क्रममा भाग्यशाली डिजिटल लक्की ड्रमार्फत उनले १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक जित्न सफल भएकी हुन्।
ग्रान्ड प्राइज जितेपछि खुसी व्यक्त गर्दै सरस्वती खनाल रायमाझीले भनिन्, “यामाहा RayZR खरिद गर्नु आफैँमा निकै उत्साहजनक अनुभव थियो। त्यसमाथि १० लाख ३ हजार रुपैयाँको ग्रान्ड प्राइज जित्दा यो अनुभव मेरा लागि अझ विशेष र अविस्मरणीय बनेको छ। यो उत्कृष्ट सरप्राइजका लागि म यामाहा नेपालप्रति हृदयदेखि नै आभारी छु।”
कम्पनीका अनुसार ग्राहकलाई केवल उत्कृष्ट राइडिङ अनुभवमा मात्र सीमित नराखी चाडपर्वको अवसरमा थप खुसी र मूल्य प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।
सरस्वतीले ग्रान्ड प्राइज जितिसके पनि यामाहाको चाडपर्व लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान अझै जारी रहेको छ। यस योजनाअन्तर्गत यामाहाका बाइक तथा स्कुटर खरिद गर्दा ग्राहकहरूले अझै पनि १० लाख रुपैयाँसम्मको नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।



