Global College

उत्पादन र प्रशोधन समूहले घटायो शेयर बजार, १३ अंकले नेप्से घट्दा पौने ३ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । दुई दिन बढेको शेयर बजार बिहीबार भने घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स १.५७ अंकले घटेर ४७८.९३ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.९६ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.६८ अंकले घटेको हो ।

बिहीबार ३४९ वटा कम्पनीको १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ७२ करोड २२ लाख पुगेको छ । जुन बुधबारको तुलनामा कारोबार रकम २ अर्ब ७१ करोड ७१ लाखले कम हो ।

बुधबार ३५८ वटा कम्पनीका ५९ हजार १८५ पटकको कारोबारबाट ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख २३ हजार कित्ता सेयर किनबेच भएको थियो ।

यसदिन १ वटा उपसमूह बढ्दा १२ वटा उपसमूह घटेको छ । लघुवित्त ४ अंकले बढ्दा बैंकिङ ९, विकास बैंक ३९, वित्त ११, होटल र पर्यटन ३०, जलविद्युत २५, लगानी ०.२७, जीवन बीमा ५५, उत्पादन र प्रशोधन ६६, म्युअुचल फण्ड ०.०२, निर्जिवन बीमा ३८, व्यापार ५ र अन्य समूह ९ अंकले घटेको हो ।

यसदिन ५६ वटा कम्पनीको शेयर मूल्य बढ्दा २११ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै कुमारी सबल योजनाका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले २ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् । स्नो रिभर्सका लगानीकर्ताले २ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले २ दशमलव ७० प्रतिशतका दरले कमाएका छन् ।

NECO

Leave Your Comment

Related News