काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ५ हजार ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुनको मूल्य २ लाख ८८ हजार ९ सय रुपैयाँ थियो ।
त्सयतै, चाँदी पनि ११० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँ थियो ।



