साताको सेयर बजार :६१ अर्बले करोबार रकम र ४१ अर्ब ८५ करोडले घट्यो बजार पूँजीकरण रकम

काठमाडौं । यो साता सेयर बजार सामान्य अंकले बढ्दा करोबार रकम र कुल बजार पूँजीकरण रकममा भने कमी आएको छ । अघिल्लो साताको तुलनामा यो साता सेयर बजारमा कारोबार रकम ६१ अर्ब २ करोड १५ लाख रुपैयाँ र बजार पूँजीकरण रकम ४१ अर्ब ८५ करोड ५ लाख रुपैयाँले कमी आएको छ । यो साता कारोबार रकम ६६ अर्ब ९० करोड ४० लाख रुपैयाँमा सिमित हुदाँ अघिल्लो साता भने कारोबार रकम १ खर्ब २७ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ रहेको थियो । यो साता बजार पूँजीकरण रकम ४७ खर्ब २४ अर्ब ५ करोड रुपैयाँ हुदाँ अघिल्लो साता बजार पूँजीकरण रकम ४७ खर्ब ६५ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।

कारोबार रकम र कुल बजार पूँजीकरण रकम मात्र नभई कारोबार कित्तामा समेत कमी आएको छ । अघिल्लो साताको तुलनामा यो साता कारोबार कित्ता १५ करोड २ लाखले कमी आएको छ । यो साता १४ करोड ७८ लाख ८१ हजार कारोबार शेयर कित्ता हुदाँ गत साता २९ करोड ८१ लाख ७३ हजार कारोबार शेयर कित्ता रहेको थियो । अघिल्लो साताको तुलनामा नेप्से परिसूचक २३४.४३ अंकले र सेन्सेटिभ इन्डेक्स ५१.८३ अंकले घटेको छ ।

त्यस्तै समूह सूचकहरु भने गत साताको तुलनामा यो साता ८ वटा समूह सूचक उकालो लाग्दा बाँकी ५ वटा समूह सूचक भने ओरालो लागेका छन् । । गत साताको तुलनामा यो साता बैकिङ २ प्रतिशत, विकास बैंक २ प्रतिशत, वित्त ३ प्रतिशत, होटल र पर्यटन ४ प्रतिशत, जलविद्युत ४ प्रतिशत, लगानी १ प्रतिशत, जीबन बीमा ०.११ प्रतिशत म्युअुचल फण्ड ०.२२ प्रतिशत र अन्य ३ प्रतिशतले बढ्दा उत्पादन र प्रशोधन ४ प्रतिशत, लघुवित्त ०.८८ प्रतिशत, निर्जिवन बीमा १.३४ प्रतिशत, व्यापार ५ प्रतिशतले घटेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार