Global College

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

काठमाडौं । तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन बिदाको अवधिमा समेत आवश्यक बैंकिङ सेवा निरन्तर सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो।

केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै व्यापार सहजीकरण तथा आपूर्ति प्रणालीलाई निरन्तरता दिन भन्सार कार्यालयमा रहेका बैंक शाखाबाट आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। राष्ट्र बैंकका अनुसार मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि तिहार बिदाको समयमा पनि सम्बन्धित बैंक शाखाहरूले सेवा प्रवाहलाई निरन्तरता दिनुपर्नेछ।

सरकारले आगामी कात्तिक २२ गतेदेखि २६ गतेसम्म तिहारको सार्वजनिक बिदा दिएको छ। उक्त अवधिमा अन्य बैंकिङ सेवा बन्द रहे पनि भन्सार कार्यालयमा रहेका बैंक शाखाहरूबाट भने भन्सार जाँचपाससँग सम्बन्धित आवश्यक बैंकिङ सेवा उपलब्ध हुने भएको छ।

यस व्यवस्थाले तिहार बिदाका कारण आयात–निर्यात तथा भन्सार जाँचपास प्रक्रियामा हुन सक्ने अवरोध कम गर्दै व्यापार तथा आपूर्ति व्यवस्थालाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

NECO

Leave Your Comment

Related News