Global College

सर्वोच्च अदालतका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सम्पन्न

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जना प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ। शनिबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा थप दुई जनाको सुनुवाइ भएसँगै चारै जनाको सुनुवाइ सकिएको हो।

शनिबार उच्च अदालतका मुख्य न्यायाधीश जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाइ भएको थियो। यसअघि बिहीबार चन्द्रबहादुर सारु र डा. रत्नबहादुर बागचन्दको सुनुवाइ सम्पन्न भएको थियो।

न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका चारै जना उच्च अदालतका मुख्य न्यायाधीश हुन्।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनेहरूमा चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्द रहेका छन्।

चारै जनाको संसदीय सुनुवाइ सम्पन्न भए पनि उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय भने भइसकेको छैन।

समितिले यस विषयमा आन्तरिक छलफल गरिरहेको जनाएको छ। समितिको निर्णयपछि मात्रै प्रस्तावित न्यायाधीशहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

NECO

Leave Your Comment

Related News