Global College

तिहारको मौसम : सीमित स्थनामा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । शनिबार देखि तिहार सुरु भएको छ । शनिबार काग तिहार मनाइँदै छ। भाइटीका कात्तिक २५ गते परेको छ।

यसैबिच नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिभर (कात्तिक २१-२५) सम्भावित मौसमबारे प्रक्षेपण जारी गरेको छ।

तिहारको मौसम :

कार्तिक २१ गते (शनिबार) काग तिहार : देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा देशका सबै पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ।

कार्तिक २२ गते (आइतबार) लक्ष्मीपूजा : देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ।

कार्तिक २३ गते (सोमबार) औँसी : देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ।

कार्तिक २४ गते (मंगलबार) गोवर्धन पूजा : देशका हिमाली र पहाडी भेगमा तथा कोसी प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ।

कार्तिक २५ गते (बुधबार) भाइटीका : देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ।

NECO

Leave Your Comment

Related News