Global College

प्रभु महालक्ष्मी लाइफको नाफा ४६  प्रतिशतले बढ्यो, ९ करोड ३० लाख भन्दा बढी नाफा पुग्दा  ईपीएस ७ रुपैयाँ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ९ करोड ३० लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ४५.९९ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ३७ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चालु आर्थिक वर्षको समीक्षा अवधिमा यस्तो नाफा बढेर ९ करोड ३० लाख रुपैयाँ पुगेको हो।

कम्पनीको बीमाशुल्क आर्जनमा पनि वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कुल बीमाशुल्क आर्जन ३०.२४ प्रतिशतले बढेको हो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्जन १ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब १७ करोड ५१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी १ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको कुल खर्च २ अर्ब ८ करोड २१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ६१ करोड ३५ लाख रुपैयाँ थियो।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ०१ पैसा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ रुपैयाँ ८१ पैसा रहेको थियो।

वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल इक्विटी ६ अर्ब ३७ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको कुल सम्पत्ति २७ अर्ब १६ करोड ५२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको लगानी २१ अर्ब ६ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोष १९ अर्ब ७१ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको कुल बीमालेख संख्या ३ लाख ८ हजार ३६४ पुगेको छ। यस अवधिमा कम्पनीले ६५ हजार ४९९ नयाँ बीमालेख जारी गरेको छ। कम्पनीको सोल्भेन्सी मार्जिन अनुपात १.९१ रहेको वित्तीय विवरणमा उल्लेख छ।

NECO

Leave Your Comment

Related News