CLI

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांस घोषणा हकप्रद पनि ल्याउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बराबर बोनश शेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत गरी कुल १०.५२६ प्रतिशत लाभाशं वितरण गर्न प्रस्ताव गरेको छ । कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तालाई वितरण गरिनेछ ।

१० प्रतिशत लाभांश वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७२ करोडको हुनेछ  । कम्पनीले  ७ प्रतिशत हकप्रद निष्काशन गरेर चुक्ता पुँजी ५ अर्ब पुर्याउने प्रस्ताव गरेको छ  । कम्पनीले पुष महिनामा  १७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश गरी बिमा प्राधिकरण पठाएकोमा हालसम्म प्राधिकरणले स्वीकृत नगरेकोले अब ७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

 

Leave Your Comment

Related News