Global College

लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सहितका प्रस्ताव पारित गर्नका लागि १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभा मंसिर २३ गते पोखराको लेकसाइडमा रहेको आईएमई हस्पिटालिटीमा बिहान ९ बजे सुरु हुने छ । सभाले सेयरधनीहरुका लागि घोषणा गरेको ९.५० प्रतिशत लाभांश पारित गर्न गर्ने छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पेस गरिनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७ रुपैयाँको ६ प्रतिशतका दरले ३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै ३.५० प्रतिशतका दरले २ करोड २६ लाख ९० हजार ४२२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । नगद लाभांशमा कर प्रयोजनको रकमसमेत समावेश छ ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि रहेको छ । साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने तथा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक निर्वाचित गर्ने प्रस्तावमा छलफल हुनेछ ।

त्यसैगरी बोनस सेयर वितरणपछि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । त्यसैले मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई नियमानुसार सेयर नामसारी भएका सेयरधनीले मात्र सभामा सहभागी हुन, मतदान गर्न र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

NECO

Leave Your Comment

Related News