Global College

सिटिजन्स सुपर ५० को इकाई आजदेखि निष्कासनमा

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन लागेको सिटिजन्स सुपर ५० को इकाई मंसिर २ गते बुधबार देखि निष्कासनमा आएको छ । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई यस योजना सञ्चालनका लागि विक्री गर्न लागिएको हो । कुल इकाईमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ । यी वोहक बाँकी ८ करोड ५० लाख इकाई भने सर्वसाधारणमा निष्कासन गरिएको हो ।

यो इकाई निष्कासन अवधि छिटोमा मंसिर ७ गतेसम्मका लागि तय गरिएको छ भने सो अवधिसम्ममा माग बमोजिम आवेदन प्राप्त नभएमा ढिलोमा मंसिर १६ गतेसम्म निष्कासन लम्बिनेछ । लगानीकर्ताले यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म माग गर्न सक्नेछन् । यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ । निष्कासन अवधिभित्र न्यूनतम ५० प्रतिशत अर्थात ५ करोड इकाई बिक्री हुनु पर्ने व्यवस्था छ ।

तोकिएको अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गर्नुपर्ने हुन्छ । तर पछिल्लो समय म्युचुअल फण्डको इकाईप्रति लगानीकर्ताको आकर्षण बढ्दो छ । यसर्थ पनि तोकिएको अवधिभित्र माग बमोजिम आवेदन प्राप्त हुन सक्ने सम्भावना बलियो छ । यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो । यस योजना व्यवस्थापकसँगै धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पनि सिटिजन्स क्यापिटल लिमिटेडलेनै पुरा गर्नेछ ।

NECO

Leave Your Comment

Related News