Global College

राष्ट्र बैंक सञ्चालकहरूको तलब तथा सुविधामा २ करोड १५ लाख खर्च, डेपुटी गभर्नर किरण पण्डितले पाए सर्वाधिक ४६ लाख बढी

काठमाडौं ।नेपाल राष्ट्र बैंकका आठ जना सञ्चालक सदस्य टोलीले २ करोड रुपैयाँ भन्दा बढी तलब भत्ता बुझेका छन् । राष्ट्र बैंकका गर्भनर प्रा. डा विश्वनाथ पौडेले , अर्थ सचिव डा.घनश्याम उपाध्यया सहित आठ जनाले तलब, भत्ता लगायतका सुविधावापत् २ करोड १५ लाख ९७ हजार ६९७ रुपैयाँ बुझेका हुन् । सो रकम आर्थिक वर्ष २०८२/८३ को अवधिमा बुझेको हुन् ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार आठ जना सञ्चालक समिति सदस्यको तलबबापत ४८ लाख ९६ हजार १०० रुपैयाँ, बैठक भत्ताबापत ३४ लाख २० हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत २ करोड १५ लाख ९७ हजार ६९७ रुपैयाँ खर्च भएको छ।

विवरणअनुसार गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले तलबबापत १६ लाख ३२ हजार रुपैयाँ, बैठक भत्ताबापत ५ लाख ६७ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत २४ लाख ४९ हजार ९५६ रुपैयाँ प्राप्त गरेका छन्।

त्यस्तै, डेपुटी गभर्नर किरण पण्डितले तलबबापत १३ लाख ६५ हजार ५८० रुपैयाँ, बैठक भत्ताबापत २ लाख २५ हजार रुपैयाँ र अन्य सुविधाबापत ४६ लाख ८ हजार ४१५ रुपैयाँ प्राप्त गरेका छन्।

डेपुटी गभर्नर डा. नीलम ढुंगाना (तिम्सिना) ले तलबबापत ९ लाख ४९ हजार २६० रुपैयाँ, बैठक भत्ताबापत २ लाख ३४ हजार रुपैयाँ र अन्य सुविधाबापत ४२ लाख ३५ हजार ७११ रुपैयाँ प्राप्त गरेकी छन्।

त्यसैगरी, डेपुटी गभर्नर बमबहादुर मिश्रले तलबबापत ९ लाख ४९ हजार २६० रुपैयाँ, बैठक भत्ताबापत २ लाख ७० हजार रुपैयाँ र अन्य सुविधाबापत ३८ लाख ९७ हजार ५११ रुपैयाँ प्राप्त गरेका छन्।

अर्थ सचिव डा. घनश्याम उपाध्यायले बैठक भत्ताबापत ५ लाख ४० हजार रुपैयाँ र अन्य सुविधाबापत ३ लाख ४८ हजार १२० रुपैयाँ प्राप्त गरेका छन्।

यसैगरी, सञ्चालक समिति सदस्य डा. चिन्ता मणि शिवाकोटीले बैठक भत्ताबापत ५ लाख ४९ हजार रुपैयाँ र अन्य सुविधाबापत १८ लाख ९७ हजार ९६९ रुपैयाँ प्राप्त गरेका छन्।

डा. शंकरप्रसाद आचार्यले बैठक भत्ताबापत ४ लाख ५९ हजार रुपैयाँ र अन्य सुविधाबापत १८ लाख २४ हजार ८१३ रुपैयाँ तथा डा. रविन्द्रप्रसाद पाण्डेले बैठक भत्ताबापत ५ लाख ७६ हजार रुपैयाँ र अन्य सुविधाबापत २३ लाख ३५ हजार २०१ रुपैयाँ प्राप्त गरेका छन्।

राष्ट्र बैंकको विवरणअनुसार सञ्चालक समिति सदस्यहरूले बैठक भत्ताका अतिरिक्त तलब तथा विभिन्न सुविधा प्राप्त गर्ने गरेका छन्। यसमा अन्य भत्ता तथा सुविधाको हिस्सा सबैभन्दा बढी रहेको देखिन्छ।

NECO

Leave Your Comment

Related News