काठमाडौं । ‘एक टाटा नेपाल न्इीँ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्थाको सहकार्यमा हिमताल विस्फोटबाट आएको बाढीका कारण घर तथा घरभित्रका सम्पूर्ण सामग्री गुमाएका नुवाकोटका परिवारलाई २,००० थान स्टिल अल्मिराज दराज हस्तान्तरण गरिएको छ।
डा. धर्मराज उप्रेती, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल सरकारको मार्गदर्शनमा सञ्चालन गरिएको यस पहलले बृहत् पुनर्स्थापना प्रयासअन्तर्गत प्रभावित परिवारहरूलाई व्यावहारिक घरेलु सहयोग उपलब्ध गराउने उद्देश्य राखेको छ ।
प्रभावित परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने घरायसी सामग्री सुरक्षित राख्न सहयोग पुर्याउने उद्देश्यसहित यो पहल गरिएको हो। यो कार्यक्रम प्रभावित समुदायको दीर्घकालीन पुनर्स्थापना गर्ने बृहत् प्रयासको एक हिस्सा हो।
दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका ग्रुप चिफ सस्टेनबिलिटी अफिसर चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहाल, टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी–एसएस श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक राजेश प्रसाद गिरी, वरिष्ठ उपाध्यक्ष सौरभ राज थापालिया तथा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी लगायत विभिन्न प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो।



