काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गणपूरक संख्या नपुगेपछि स्थगित भएको विशेष साधारण सभा पुनः बोलाएको छ।
कम्पनीले मंसिर ३ गते आयोजना गरेको विशेष साधारण सभामा आवश्यक गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको थियो।
थगित भएको विशेष साधारण सभा अब मंसिर १२ गते शनिबार बस्नेछ। सभा दिउँसो १ बजे विराटनगर, मोरङस्थित होटल एयरपोर्टमा आयोजना गरिनेछ। पुनः बोलाइएको सभामा यसअघि तोकिएकै विषयमा मात्र छलफल तथा निर्णय हुने कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीको विशेष साधारणसभाको एजेण्डामा संस्थापक समूहका शेयरधनीको प्रतिनिधित्व गर्ने गरी चारजना सञ्चालकको निर्वाचन गर्ने र सर्वसाधारण शयरधनीहरु तर्फको रिक्त १ जना सञ्चलकको निर्वाचन गर्ने रहेको छ।



