Global College

नेपालले निकाल्यो पहिलो जित, यूएई ६ विकेटले पराजित

काठमाडौं । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको हो ।

कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी क्रिकेट मैदानमा यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ५७ रनको योगदान दिए । बलिङतर्फ सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ११ रन खर्चेर ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएई ३९.५ ओभरमा १२१ रनमा समेटिएको थियो । प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ ।

NECO

Leave Your Comment

Related News