काठमाडौं । दुई दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच उपहार आदानप्रदान भएको छ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सोमबार उनीहरुले एक अर्कालाई उपहार प्रदान गरेका थिए।
प्रधानमन्त्री मोदीले त्रिवेणीको गंगाजलसहितको कलश शाहलाई दिएका थिए भने लगत्तै प्रधानमन्त्री शाहले पशुपतिनाथ मन्दिरको पवित्र रुद्राक्ष र चन्दन मोदीलाई दिएका थिए।



