Global College

नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने मोदीको घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतले उक्त आर्थिक सहयोगको घोषणा गरेको हो। तर घोषित रकममध्ये कति सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदान रहने भन्ने विषय भने खुलाइएको छैन।

यसअघि नेपालले भारतसँग २ खर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गरेको थियो। नेपालले १ खर्ब भारु सहुलियतपूर्ण ऋण र १ खर्ब भारु अनुदानका रूपमा उपलब्ध गराउन प्रस्ताव गरेको थियो। भारतले भने नेपालले माग गरेकोभन्दा ४० अर्ब भारु बढी सहयोग घोषणा गरेको हो।

नेपालको प्रस्तावअनुसार अनुदानतर्फको १ खर्ब भारुमध्ये ५० अर्ब भारु रसुवामा आएको बाढीपछिको पुनर्निर्माणमा खर्च गर्ने योजना थियो। त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि थप ५० अर्ब भारु सहयोग माग गरिएको थियो।

यद्यपि, भारतीय प्रधानमन्त्री मोदीले घोषित आर्थिक सहयोग कुन-कुन परियोजनामा र कति रकमका दरले खर्च गरिने भन्नेबारे विस्तृत जानकारी दिएका छैनन्।

NECO

Leave Your Comment

Related News