नाडा अटो शो २०२४ आजबाट सुरु

काठमाडौं । आजदेखि नाडा अटो शो २०२४ सुरु हुँदै छ । बिहान ९ बजे उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शो को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  टाटा.ईभी मुख्य प्रायोजक रहेको अटो शो २०२४ काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो नाडा अटो सो नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले लगभग प्रत्येक बर्ष जस्तो गर्दै आएको छ । आज सुरु हुने नाडा अटो सो भाद्र १५ सम्म सञ्चालन हुनेछ ।

यसपालीको अटो सो मा २४ चार–पाङ्ग्रे, १९ दुई–पाङ्ग्रे र १२ हल्का व्यावसायिक सवारी साधन  प्रदर्शनमा रहने नाडा अटो सो व्याबस्थापनले जनाएको छ  । साथै प्रदर्शनीमा  लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूका ३३ कम्पनीहरू रहने छन् । प्रदर्शनीमा  ७बैङ्क तथा वित्तीय संस्थाहरूले नाडा अटो शोमा गाडी खरिद गर्ने तथा बुकिङ गर्ने ग्रहाकलाई फाइनान्सिङ सम्बन्धि सुविधाहरु प्रदान गर्नेछन् । यसपालीको अटो सो मा  कुल ९५ प्रदर्शकहरूले १३० स्टलमार्फत आफ्ना अटो सम्बन्धि वस्तुहरु प्रदर्शनी गर्नेछन् ।

नाडा अटो शो पहिलेभन्दा भव्य रुपमा सुरु भएको र यसपालीको अटो शो विगतका वर्षहरुको भन्दा प्रभावशाली हुने अपेक्षा नाडाको छ ।

अवलोकनकर्तामध्ये एक जना भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार