नाडा अटो शोमा तीन भेरियन्टमा पन्च ईभी सार्वजनिक, सुरुवाती मूल्य ३३ लाख ९९ हजार

काठमाडौं । नाडा अटो शोमा टाटा पन्च ईभी तीन भेरियन्टमा सार्वजनिक भएको छ। नेपालका लागि टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ पन्च ईभी एस एमआर, पन्च ईभी एलआर र पन्च ईभी एस एलआर सार्वजनिक गरेको हो।

टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

पञ्च ईभी एस एमआर ३३ लाख ९९ हजार रुपैयाँ, पञ्च ईभी एलआर ३६ लाख ९९ हजार रुपैयाँ र एस एलआर ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ।

टाटा ईभीका चिफ स्ट्याजी अफिसर बालाजी राजनले पन्च ईभी भारतमा बिक्री हुने नम्बर वान इलेक्ट्रिक एसयूभी भएको बताउँदै नेपालमा नम्बर वान एसयूभी हुने विश्वास व्यक्त गरे।

नेपाली उपभोक्ताबाट टाटा नेक्सन र टियागो ईभी जस्तै पन्च ईभीले पनि माया पाउने उनको विश्वास छ।

सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठले लामो समयदेखि टाटा मोटर्ससँग सहकार्य गर्न पाउँदा गर्भ महशुस भएको बताए। टाटाका उत्कृष्ट उत्पादनका कारण कर्मशियल, प्यासेन्जर र सबै सेगमेन्टमा सिप्रदी बजार लिडर भएको बताए। विगत दुई वर्षदेखि प्यासेन्जर भेहिकलमा सिप्रदी मार्केट लिडरको रुपमा रहेको छ।

‘हामीले प्रोडक्ट मात्र बेच्ने गरेको हैन। यसलाई सफल बनाउन हामीले ग्राहकलाई पूर्ण मोबिलिटी सलुसन प्रदान गर्नु आवश्यक छ। टाटाले नेपालको बाटो सुहाउँदो प्रोडक्ट दिइरहेको छ। यसलाई आवश्यक पर्ने इकोसिस्टम राम्रो बनाउनु हाम्रो उद्देश्य हो। हाम्रो ग्राहकले गाडी किने पछि कुनै पनि अवस्थामा किन गाडी किने भनेर पछुताउनु नपरोस्। यो वातावरण बनाउन चाहिने इकोसिस्टम बनाउन हाम्रो ध्यान केन्द्रित छ। भोलि पनि त्यो हुन्छ,’ श्रेष्ठले भने।

यसका लागि सिप्रदीले नेपालका प्रत्येक राजमार्गमा ६० देखि ७० किलोमिटरको दुरीमा फास्ट चार्जिङ राखेका छ। २६ वटा फास्ट चार्जर राखेका छौं। टाटाका ग्राहकलाई नेपालको जुन सुकै ठाउँमा जाँदा चार्जिङको चिन्ता नहुने उनको दाबी छ।

साथै १५० भन्दा बढी स्थानमा एसी चार्जिङ स्टेशन जडान गरिएको उनले जानकारी दिए। १६ स्थानमा पूर्ण रुपमा इलेक्ट्रिक भेहिकल मर्मत सम्भार गर्ने वर्कशप छ।

‘टाटा ईभीमा ८ वर्षको ब्याट्री वारेन्टी छ। साथै कम्पनीले नेपालमा पहिलो ब्याट्री रिपेयर सेन्टर पनि खोलेको छ। ब्याट्रीमा समस्या भयो भने सम्पूर्ण ब्याट्री फेर्नु पर्दैन। ब्याट्रीको सेल रिपेयर गर्न सकिन्छ। यसले गर्दा खर्च धेरै कम पर्न जान्छ,’ उनले भने।

बहुप्रतिक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालको विभिन्न भुभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्नेछ । पन्च इभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार