ज्योति विकास बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा राखेको हो । बैंकले विक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन ।

बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी विक्री खुला गरेको थियो । तर, ३५ दिनभित्र पनि संस्थापक शेयरधनीले शेयर नकिनेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः विक्री खुलाइएको हो ।

सो शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसस्थाले आवश्यक पर्ने कागजातसहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत खुलाइ काठमाडौंको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार