काठमाडौं । नेपाल बीमा प्राधिकरणले केन्द्रीय कार्यालयमा प्रवेश गर्ने सेवाग्राही तथा आगन्तुकका लागि आगन्तुक पास अनिवार्य गरेको छ ।
ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा कामको सिलसिलामा आउने सेवाग्राही तथा अन्य आगन्तुकले कार्यालय परिसरमा प्रवेश गर्नुअघि आफ्नो परिचय खुल्ने आधिकारिक कागजात देखाउनुपर्ने व्यवस्था गरिएको हो । प्राधिकरण स्रोतका अनुसार बिचौलियाहरुले दुख दिएसँगै आगन्तुक पास अनिवार्य गरिएको हो । बीमा सम्वन्धी कामको नाममा विभिन्न स्वार्थ समूह र व्यक्तिरुहले दुख दिए सँगै आगन्तुक पास अनिर्वाय गरिएको हो ।
प्राधिकरणका अनुसार आधिकारिक परिचयपत्र वा अन्य परिचय खुल्ने कागजात देखाएर आगन्तुक पास लिएपछि मात्रै कार्यालय परिसरमा प्रवेश गर्न पाइनेछ ।
कार्यालयको सुरक्षा तथा प्रवेश व्यवस्थापनलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको हो । प्राधिकरणले नयाँ व्यवस्थाबारे सम्बन्धित सबै सेवाग्राही तथा आगन्तुकलाई जानकारी गराउँदै नियम पालना गर्न अनुरोध गरेको छ ।



