Global College

उतारचढावबीच सुनको मूल्यमा ७ सयको वृद्धि, तोलाको कति ?

काठमाडौं । पछिल्लो एक साताको अवधिमा सुनको मूल्यमा सामान्य बृद्धि देखिएको छ । अघिल्लो साता उच्च गिरावट भएको सुनको मूल्य यो साता भने ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ४ गतेको तुलनामा मंसिर ११ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य ७०० रुपैयाँले बढेको हो । महासंघका अनुसार मंसिर ४ गते सुनको मूल्य तोलाको २ लाख ४५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो । मंसिर ११ गते शुक्रबार सुनको मूल्य तोलाको २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो समय सुनको मूल्य घट्दा माग बढेको व्यवसायीहरुले बताएका छन् । महासंघका अनुसार मंसिर ६ गते आइतबार सुन प्रतितोलामा २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, मंसिर ७ गते सोमबार भने सुनको मूल्य बढेर कारोबार भयो । सो दिन सुन प्रतितोलामा ४ हजार ८०० रुपैयाँले बढेर २ लाख ४७ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तैगरी, मंसिर ८ गते मंगलबार ५०० रुपैयाँले बढेको सुनको प्रतितोला मूल्य भने २ लाख ४७ हजार ९०० रुपैयाँमा पुगेको थियो । मंसिर ९ गते बुधबार भने एकैदिन ६ हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा झरेको थियो । त्यस्तै, मंसिर १० गते बिहीबार एक हजार ४०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० मा किनबेच भएको थियो । समग्रमा हेर्दा, यो हप्ताभर सुनको मूल्य घट्ने र बढ्ने गरे पनि मूल्यमा ठूलो उतारचढाव आएन् ।

NECO

Leave Your Comment

Related News