५२ लाख १७ हजार पुग्यो शेयरधनीको संख्या

काठमाडौं । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले हालसम्म निजी (प्राइभेट) र सार्वजनिक (पब्लिक) कम्पनीको शेयर धनी संख्या आधा करोड बढी रहेको बताएको छ । मन्त्रालयले हालसम्म निजी कम्पनीमा शेयरधनी संख्या ७ लाख १ हजार ९३१ जना तथा सार्वजनिक कम्पनीमा शेयरधनी संख्या ४५ लाख १६ हजार ३६ जना रहेको छ भने मुनाफा वितरण नगर्ने कम्पनीका सदस्यहरू २४ हजार २७४ जना रहेको बताएको छ ।

यसैबीच मन्त्रालयका अनुसार हालसम्म दर्ता भएका कुल कम्पनीको संख्या ३ लाख ३२ हजार ३९९ वटा रहेको छ। जसमध्ये पब्लिक कम्पनी १ हजार ९ सय ९४ वटा , मुनाफा वितरण नगर्ने कम्पनी ५ हजार ५९५ वटा र प्राइभेट कम्पनी ३ लाख २० हजार ९८६ वटा रहेका छन् ।

नेपालमा कर्पोरेट क्षेत्रको विकास कम्पनी ऐन, १९९२ जारी भएपछि मात्र शुरु हुन थालेको देखिन्छ । हाल प्राइभेट लिमिटेड, पव्लिक लिमिटेड र मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्ने प्रावधान रहेको छ । कम्पनी दर्ताका साथै शेयर पूँजी बढाउने र कम्पनीहरूको नाम परिवर्तन वा संशोधन गर्ने, प्रवन्धपत्र र नियमावलीमा अन्य संशोधन गर्न स्वीकृति दिने कार्य एवम् कम्पनीको नियमन कार्य समेत भईरहेको छ ।

यसैबीच नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीको संख्या २४५ वटा रहेको छ । नेप्सेले सूचीकृत कम्पनीहरुको चुक्ता पुँजी, कारोबार, नाफा र वित्तीय स्थितिका आधारमा ‘ए’, ‘बी’ ,‘जी’ र ‘जेड’ गरी चार वर्गमा वर्गीकरण गरेको हो। नेप्सेका अनुसार ‘ए’ वर्गमा ३१ कम्पनी रहेका छन्। जसमा अधिकांश ‘क’ वर्गका बैंक, ‘ख’ वर्गका विकास बैंक र लघुवित्त कम्पनीहरू रहेका छन्।

नेप्सेका अनुसार ‘बी’ वर्गमा ३५ कम्पनी रहेका छन्। जसमा विभिन्न जलविद्युत् कम्पनी, होटल तथा अन्य समूहका रहेका छन्। नेप्सेका अनुसार ‘जी’ वर्गमा विभिन्न लघुवित्त कम्पनी, जलविद्युत् कम्पनी गरी ६९ कम्पनी रहेका छन्। त्यसैगरी ‘जेड’ वर्गमा ११० कम्पनी रहेका छन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार