कामना सेवा बिकास बैङ्कको संस्थापक शेयर बिक्रिमा गोप्य शिलबन्दीमा आवेदन दिनु पर्ने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक समुहको ३५४३४ कित्ता  शेयर बिक्रिमा रहेको छ । बैङ्कको सो शेयर खरिद गर्न चाहने खरिदकर्ताले शिलबन्दी बोलपत्रद्वारा शेयर खरिदको लागि आबेदन दिनु पर्ने छ

शेयर खरिदको लागि शिलबन्दी बोलपत्र पेश आजबाट सुरु भई २०८१ असोज २ सम्म रहने बैंङ्कले जनाएको छ । बिक्रिमा रहेको यस बैङ्कको संस्थापक शेयरको न्युनतम मूल्य  प्रति कित्ता १०५ रुपैँया तोकिएको छ । शेयर खरिग गर्न चाहने  विद्यमान संस्थापकहरु, योग्य व्यक्ति / कम्पनी / संघ / संस्थाहरुले प्रति कित्ता १०५ वा सो भन्दा बढी मूल्य राखि गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ ।

बैङ्कले यस अघि बैङ्कको संस्थापक शेयर खरिद गर्ने पहिलो अधिकार विद्यमान संस्थापक शेयरधनी लाई भएकोले हाल कायम शेयरधनीलाई शेयर खरिदको लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ ।

शेयर खरिद घर्न चाहने खरिदकर्ताले निम्न सर्त र बन्देजको अधिनमा रहो आबेदन दिनु पर्नेछ  वोलपत्र आवेदन फाराम रु.१००/- भुक्तानी गरी  प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाण्डौवाट प्राप्त गर्न सकिने र फाराम स्पष्ट रुपमा भरेको हुनुपर्नेछ । बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्युनतम ३५, ५३४ कित्ताको लागि आवेदन दिनु पर्नेछ । संस्थापक शेयर खरिद गर्न चाहनेहरुको हकमा नेपाल राष्ट्र बैंकवाट तोकिएको Fit & Proper Test वमोजिमका कागजात पेश गर्नुपर्नेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार