‘दिपल एक्सचेन्ज कार्निभल’ मा ४० वटा दिपल बुक, १४० वटा गाडीको भ्यालुएनस

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सञ्चालन गरेको ‘दिपल एक्सचेन्ज कार्निभल’ स्कीम सम्पन्न भएको छ । कम्पनीले भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा ‘दिपल एक्सचेन्ज कार्निभल’ सञ्चालन गरेको थियो ।

उक्त ‘दिपल एक्सचेन्ज कार्निभल’ स्कीममा ४० वटा दिपल बुक हुनुका साथै १४० वटा गाडीको भ्याल्यूएसन गरिएको कम्पनीले जानकारी दिएको छ ।

ग्राहकलाई कुनै पनि ब्रान्डका आफ्ना पुरानो गाडीलाई दिपलको नयाँ इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ ईभीसँग साट्टा पट्टा गर्ने असवर प्रदान गर्न ‘दिपल एक्सचेन्ज कार्निभल’ आयोजना गरिएको कम्पनीले जनाएको छ ।

पुरानो गाडीको भ्यालुएनसका लागि नेपालकै प्रमुख ६ रिकन्डिसन हाउस सिल्भरओकमा रहेका थिए ।

दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको निकै रुचाइएको प्रिमियम इभी एस ०७ खरिद गर्ने अवसर प्रदान गरिएको थियो । यसका लागि ग्राहकले रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन प्राप्त गरेका थिए । साथै थप एक्सचेन्ज बोनस पनि उपलब्ध गराइएको थियो । जसले ग्राहकलाई दिपल यात्रालाई थप सहज बनाउने कम्पनीको भनाइ छ ।

एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज उपलब्ध थियो । जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर रहेका छ । ग्राहकलाई गाडीको भ्यालुएसन र बुकिंगमा आकर्षक उपहार प्रदान गरिएको थियो ।

नेपालमा एमएडब्लु वृद्धिले दिपल एस ०७ र एल ०७ गरी दुई मोडेल विक्री गर्दै आएको छ । यी इभीहरु एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ ।

निकट भबिश्यमा नै कम्पनीले डिप्पलका नयाँ भेरियन्टका कार नेपाली बजारमा ल्याइने कम्पनीका अध्यक्ष विष्णुकुमार अग्रवालले जानकारी दिए । कम्पनीले प्रत्येक महिना सर्भिस सेन्टर स्थापना गर्दै जान बताएको छ । साथै कम्पनीले काठमाडौं उपत्यका बाहिरका शहरहरुमा पनि क्रमश आउटलेट स्थापना गर्दै जाने बताएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार