चार गुणाले बढ्यो इलेक्ट्रिक कारको आयात, पहिलो दुई महिनामा करिब ४ अर्बको आयात

काठमाडौं । नेपालमा इलेक्ट्रिक कारको आयात बढेको देखिएको छ । भन्सार विभागको आर्थिक वर्ष २०८०/८१ भदौं मसान्तसम्मको वैदेशिक ब्यापारको तथ्यांक अनुसार तीन अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरको एक हजार ६०२ यूनिट इलेक्ट्रिक कार कार आयात भएको छ ।

गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा संख्याको आधारमा इलेक्ट्रिक कारको आयात करिब चार गुणाले बढेको छ । गत आवमा एक अर्ब १९ करोड ४३ लाख ५९ हजार रुपैयाँ बराबरको ४१४ यूनिट इलेक्ट्रिक कार आयात भएको थियो ।

समीक्षा अवधिमा इलेक्ट्रिक कारको आयात एक हजार १८८ यूनिट अर्थात २८६.९६ प्रतिशतले बढेको छ ।

रकमको आधारमा भने इलेक्ट्रिक कारको आयात दुई अर्ब ६३ करोड ३१ लाख ३२ हजार रुपैयाँ अर्थात २.२० प्रतिशतले बढेको छ ।

इलेक्ट्रिक कारको आयातबाट सरकारले भदौ मसान्तसम्म २ अर्ब ३१ करोड २२ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपाल सबैभन्दा धेरै इलेक्ट्रिक कार ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताको आयात हुने गरेको छ । उक्त क्षमताको २ अर्ब ४३ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको ९३८ यूनिट इलेक्ट्रिक कार आयात भएको छ ।

५० किलोवाट क्षमतासम्मको एक अर्ब ४ करोड ६१ लाख ६९ हजार रुपैयाँ बराबरको ५६० यूनिट इलेक्ट्रिक कार आयात भएको छ ।

१०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ३२ करोड २३ लाख ९२ हजार रुपैयाँ बराबरको ९९ यूनिट इलेक्ट्रिक कार आयात भएको छ ।

२०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको १ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको ३ यूनिट इलेक्ट्रिक कार आयात भएको छ ।

३०० किलोवाटभन्दा माथिको ८३ लाख २३ हजार रुपैयाँ बराबरको २ यूनिट इलेक्ट्रिक कार आयात भएको छ ।

नेपालमा चीन, भारत, अमेरिका र जर्मनीबाट इलेक्ट्रिक कार आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

नेपालमा सबैभन्दा धेरै इलेक्ट्रिक कार चीनबाट आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

चीनबाट २ अर्ब ९२ करोड ८८ लाख ४१ हजार रुपैयाँ बराबरको एक हजार १२५ यूनिट इलेक्ट्रिक कार आयात भएको छ ।

भारतबाट ८८ करोड ६० लाख २३ हजार रुपैयाँ बराबरको ४७५ यूनिट इलेक्ट्रिक कार आयात भएको छ ।

जर्मनीबाट ८५ लाख १२ हजार रुपैयाँ बराबरको एक यूनिट र अमेरिकाबाट ४१ लाख १४ हजार रुपैयाँ बराबरको एक यूनिट इलेक्ट्रिक कार आयात भएको छ ।

गत आव १ अर्ब १९ करोड ४३ लाख ५९ हजार रुपैयाँ बराबरको ४१४ यूनिट इलेक्ट्रिक कार आयात भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार