दराजको दशैं धमाका ७०% सम्म छुट, फ्री डेलिभरी सहित उपहार

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको लक्षित दशैं धमाका क्यम्पेनको घोषणा गरेको छ । यो योजना अन्तर्गत उपभोक्ताले ७०% सम्मको फ्ल्यास सेल छुट, निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा रु. २ हजार सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

यो क्याम्पेन असोज ११, २०८१ देखि कार्तिक १, २०८१ सम्म चल्ने कम्पनीले बताएको छ  । यो क्याम्पेनमा सहभागी एक जना भाग्यशाली खरिदकर्ताले वानप्लस नर्ड सीईथ्री फाइभजी जित्ने कम्पनीले जनाएको छ  । अन्य तीन जनाले सेटाफिलका तर्फबाट रु १० हजार बराबरको आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै अस्टावोल्फ, मामाअर्थ, नेपाल टी एक्स्चेन्ज, रोट्टो मेन्थालेटम, स्ल्याजेन्गर, टेक्नो, ह्वाइट मून, एक्स्–एज लगायत ब्रान्ड साझेदारहरूका तर्फबाट विशेष अफरहरु पनि उपलब्ध गराउने जानकारी दिइएको छ ।

क्याम्पेन अवधिभर डेबिट कार्ड मार्फत आफ्नो अर्डरको लागि अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले रू. १ हजार ५ सय सम्म १५% छुटको पाउनेछन् । साथै, क्रेडिट कार्ड प्रयोग गर्नेहरूले रु २ हजार सम्म द्दण्% सम्मको छुट पाउने छन् ।  यो अफर नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डहरूमा मान्य हुनेछ ।

त्यसैगरी ईसेवा, आईएमई पे वालेट प्रयोगकर्ताहरूले आफ्नो अर्डरमा १५% छुट सुविधा पाउनेछन् । खरिदकर्ताहरूलाई दराज भौचर प्रयोग गरी कुल रु. २ करोड सम्मको छुट पाउन सकिने सुविधाका साथै आफ्ना खरिदमा फ्ल्याट रु. १० हजार छुट प्राप्त गर्ने अवसर समेत उपलब्ध गरिनेछ ।

कम्पनीले घरदैलो सम्म निःशुल्क होम डेलिभरीको सुविधापनि प्रदान गर्ने जानकारी दिइएको छ । “फ्री डेलिभरी“ सुविधाको उपभोग गर्न दराज एपको होमपेजमा रहेको “फ्री डेलिभरी“ ब्यानरमा क्लिक गर्नुपर्ने कम्पनीले बताएको छ  । दराजले दशैं उत्सवमा सहभागी भई अधिकतम लाभ लिन ग्राहकलाई आब्हान गरेको छ ।

सन् २०१५ मा स्थापित कमर्स प्ल्याटफर्म “दराज”, नेपाल लगायत पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा पनि सञ्चालनमा रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार