कर्णाली टेक्निकल स्कुल निर्माण गर्न नेपाल इको प्यानलको प्रयोग

काठमाडौं । नेपाल इको प्यानलले देशव्यापी बजार पाउन थालेको छ । पछिल्लो पटक पश्चिम नेपालको जुम्लामा कर्णाली टेक्निकल स्कुल निर्माणमा नेपाल इको प्यानल प्रयोग गरिन थालेको छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालका अनुसार, स्कुल निर्माणका लागि आवश्यक सामग्री पठाइसकिएको छ ।

निर्माण सामाग्री नेपाल इको प्यानल पुगेसँंगै छिट्टै निर्माण कार्य सम्पन्न समेत हुनेछ ।

नेपाल इको प्यानलबाट निर्माण तीव्र रुपमा सम्पन्न हुने कारण यसका संरचनाहरू कारखानामा तयार गरिन्छन् र निर्माणस्थलमा जोड्न मात्र बाँकी रहन्छ । यही कारण यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने भएको हो । साथै, हलुका भएका कारण प्यानललाई हिमाली तथा पहाडी भूभागमा सजिलै पुर्‍याउन सकिन्छ । यातायातको असुविधा भएका पहाडी क्षेत्रका जिल्लामा पनि प्यानलको सहज ढुवानी यही कारण सम्भव भएको छ ।

इन्जिनियर दुवालले भने, ”हाम्रो निर्माण सामग्री अहिले देशका विभिन्न भागमा उपलब्ध छन् । डिलरहरूको माध्यमबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सामग्री पुर्याएका छौं । हलुका र ढुवानीमा सहज भएका कारण हिमाल, पहाड, तराई सबै ठाउँमा यसको माग बढ्दो छ ।ँ

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो । २०७२ सालको महाभूकम्पपछि यसको माग तीव्र रुपमा बढेको बताइएको छ । विशेष गरी भूकम्पले भत्केका संरचनाहरूको पुनर्निर्माणका लागि यसको माग देशभरबाट भइरहेको जनाइएको छ ।नल पुगेसँंगै छिट्टै निर्माण कार्य सम्पन्न समेत हुनेछ । नेपाल इको प्यानलबाट निर्माण तीव्र रुपमा सम्पन्न हुने कारण यसका संरचनाहरू कारखानामा तयार गरिन्छन् र निर्माणस्थलमा जोड्न मात्र बाँकी रहन्छ । यही कारण यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने भएको हो । साथै, हलुका भएका कारण प्यानललाई हिमाली तथा पहाडी भूभागमा सजिलै पुर्‍याउन सकिन्छ । यातायातको असुविधा भएका पहाडी क्षेत्रका जिल्लामा पनि प्यानलको सहज ढुवानी यही कारण सम्भव भएको छ ।

इन्जिनियर दुवालले भने, ”हाम्रो निर्माण सामग्री अहिले देशका विभिन्न भागमा उपलब्ध छन् । डिलरहरूको माध्यमबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सामग्री पुर्याएका छौं । हलुका र ढुवानीमा सहज भएका कारण हिमाल, पहाड, तराई सबै ठाउँमा यसको माग बढ्दो छ । नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो । २०७२ सालको महाभूकम्पपछि यसको माग तीव्र रुपमा बढेको बताइएको छ । विशेष गरी भूकम्पले भत्केका संरचनाहरूको पुनर्निर्माणका लागि यसको माग देशभरबाट भइरहेको जनाइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार