RE
Global College

यी हुन् २० वटा उच्च शेयर कारोबार गर्ने कम्पनी

काठमाडौं ।  निरन्तर घटेको शेयर बजार मंगलबार भने बढेको छ । मंगलबार नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १९.४६ अंकले बढेर ४७०.८१ विन्दुमा पुगेर बन्द भएको छ । यो सँगै मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको हो ।

मंगलबार ३०७ वटा कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा एनएलजी इन्स्योरेन्स कम्पनी, हिमालयन रिइनस्योरेन्स, नेपाल फाइनान्स, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र अपि पवार कम्पनी रह्यो । एनएलजी इन्स्योरेन्स कम्पनीको २८ करोड ८२ लाख रुपैयाँ, हिमालयन रिइनस्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँ, नेपाल फाइनान्सको २० करोड ७२ लाख रुपैयाँ, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९ करोड ७२ लाख रुपैयाँ र अपि पवार कम्पनीको १८ करोड १० लाख रुपैयाँ बराबर कारोबार भयो ।

NECO

Leave Your Comment

Related News