काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको ४४६औँ बैठकले आर्थिक वर्ष २०८०/८१को वितरणयोग्य मुनाफा र पुँजी समायोजन कोषबाट शेयरधनीलाई चुक्ता पुँजीको ५.५ प्रतिशत लाभांश ९बोनस सेयर० वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी १८औँ वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीमा वितरण हुनेछ ।