सामान्य अंकले बढ्यो शेयर बजार , करोबार रकम घट्यो

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१३ अंकले बढेर ४८०.३६ विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार २९४ वटा कम्पनीको ८३ लाख १२ हजार ६८५ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ३ अर्ब ७६ करोड १५ लाख १२ हजार रुपैयाँ रह्यो । जुन मंगलबारको तुलनामा ८३ करोड २२ लाख १५ हजार रुपैयाँले कम हो । बुधबार ३०० वटा कम्पनीको ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबर करोबार रकम रहेको थियो ।

बुधबार १३० वटा कम्पनीको शेयर मूल्य बढ्दा १०२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीका शेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार १३ वटा समूह सूचकहरुमध्ये ९ वटा समूह बढ्दा ४ वटा समूह घटेको छ । बैकिङ ०.६२, वित्त २, होटल र पर्यटन १, जलविद्युत १८, उत्पादन र प्रशोधन ७४, लघुवित्त ८, म्युअुचल फण्ड ०.०६, र्निजीवन बीमा ८ र अन्य समूह ९ अंकले बढेको छ । त्यस्तै विकास बैंक २० , लगानी ०.२३, जीवन बीमा ०.४६ र व्यापार २८ अंकले घटेको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, सानिमा बैंक लिमिटेड, हिमालनय रिइन्स्योरेनस, साहस उर्जा र एनएलजी इन्स्योरेन्स रह्यो । नेपाल फाइनान्सको २२ करोड १ लाख, सानिमा बैंक लिमिटेडको १८ करोड ९८ लाख, हिमालनय रिइन्स्योरेनसको १५ करोड ७२ लाख, साहस उर्जाको १५ करोड २७ लाख र एनएलजी इन्स्योरेन्सको ९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार