काठमाडौं । दशैँ बिदा पछिको पहिलो कारोबार दिनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ को बिन्दुमा पुगेको छ ।
आज कारोबार रकम भने बढ्न सकेन । आज ३०७ कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता शेयर कारोबार हुँदा जम्मा ३ अर्ब ६ करोड २३ लाख ३७ हजारको कारोबार भएको छ ।
आज जानकी फाइनान्स र मिथिला लघुत्तिको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा भने कारोबार सुरु हुनासाथ नकारात्मक सर्किट लागेको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये २०५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
परिवर्तन गरिएकाे