नेप्से सँगै कारोबार रकम २ अर्ब ५९ करोडले बढ्यो

काठमाडौं । दसैं सकिए सँगै दोस्रो दिन पनि शेयर बजार बढेको छ । मंगलबार ३१ अंकले बढेको नेप्से परिसूचक बुधबार पनि १.६० प्रतिशतले बढेको हो । बुधबार नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.६८ अंकले बढेर ४९३.९८ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से सुचकहरु फलोट इन्डेक्स र सेन्सेटिभ फलोट इन्डेक्स पनि मंगलबार बढेको हो ।

बुधबार ३२० वटा कम्पनीको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब ६६ करोड २ लाख ३७ हजार रुपैयाँ रह्यो । जुन मंगलबारको तुलनामा २ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ भन्दा बढी कारोबार रकम हो । मंगलबार ३ अर्ब ६ करोड २३ लाख रुपैयाँ करोबार रकम रहेको थियो ।बुधबार बजार पुँजीकरण रकम ४३ खर्ब ६१ अर्ब ४५ करोड रुपैयाँ रह्यो ।

बुधबार २०६ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार १३ वटा समूह सूचकहरु बढेको छ । बैकिङ ३१, विकास बैंक ९९, वित्त २९, होटल र पर्यटन १००, जलविद्युत ६९, लगानी ०.७५, जीवन बीमा २३८, उत्पादन र प्रशोधन ९७, लघुवित्त ७५, म्युअुचल फण्ड ०.१७, र्निजीवन बीमा १८०, व्यापार १२४ र अन्य समूह १२ अंकले बढेको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, हिमालनय रिइन्स्योरेनस, एनआइसी एशिया बैंक, गुडविल फाइनान्स र हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेनट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटर रह्यो । नेपाल फाइनान्सको १५ करोड ९ लाख, हिमालनय रिइन्स्योरेनसको १५ करोड ४ लाख, एनआइसी एशिया बैंकको १४ करोड ७५ लाख, गुडविल फाइनान्सको १३ करोड २० लाख र हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेनट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको १३ करोड १३ लाख बराबर कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार