उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण: भिभो भी४० लाईट

काठमाडौं । विश्वप्रख्यात प्रविधि ब्राण्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी४० लाईट आधिकारिक रुपमा सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो संस्करण भिभो भी४० लाईट आफ्नो उच्चस्तरीय डिजाइन, फ्लास चार्जिङ प्रविधि र अत्याधुनिक एआई–प्रवर्धित फोटोग्राफीेलाई संयोजन गर्दै स्मार्टफोन अनुभवलाई परिभाषित गर्ने नयाँ मानकको रुपमा चिनिएको छ ।

दुई आकर्षक रंग विकल्पहरू स् टाइटेनियम सिल्भर र एमरल्ड ग्रीनमा उपलब्ध भिभो भी४० लाईटले प्रभावशाली अल्ट्रा–स्लिम डिजाइन र उच्च कार्यक्षमतालाई एकैसाथ प्रस्तुत गरेको छ । फोनको पछाडिको भागमा रहेको नयाँ कुशन–कट डायमण्ड क्यामेरा मोड्युलले यसको डिजाइनलाई अझै आकर्षक बनाएको छ । फोनमा मेटालिक हाई–ग्लस फ्रेम पनि छ, जसले फोनलाई प्रिमियम लुक दिँदै यसको स्लिम डिजाइनलाई कायम राख्छ । यस स्मार्टफोनलाई आई पि ६४ डस्ट र वाटर रेजिस्टेन्स प्रमाणित गरिएकोे छ, जसले वातावरणीय प्रभावबाट सुरक्षा प्रदान गर्दछ, र यसलाई दैनिक प्रयोगको चुनौतीलाई सजिलै सहन सक्षम बनाउँछ ।

भिभो नेपालका महाप्रबन्धक माइकल लिउले भने, ”हामी भिभो भी४० लाईट नेपाली बजारमा ल्याउन पाउँदा निकै खुसी छौँ। यो फोनले आकर्षक डिजाइन, उत्कृष्ट कार्यक्षमता र अत्याधुनिक एआई–प्रवर्धित इमेजिङलाई एक स्लीक प्याकेजमा समेटेको छ । यस नयाँ मोडलको परिचयले हामीले मोबाइल प्रविधिमा सधैँ नयाँ कीर्तिमान कायम गर्ने र हाम्रा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धतालाई दर्शाएको छ । ”

भिभो भी४० लाईटमा ५००० एम ए एच ब्याट्री र ८० वाटको फ्ल्यास चार्जको क्षमता रहेको छ, जसले फोनलाई छिटो चार्ज गर्न सक्षम बनाउँछ र प्रयोगकर्ताहरूलाई सधैं पावर अन भएको महसुस गराउँछ । साथै, भिभो भी४० लाईटले ४ वर्षको ब्याट्री स्वास्थ्य पनि सुनिश्चित गर्दछ, जसले भिभोको भरपर्दो उपकरण निर्माणको प्रतिबद्धतालाई देखाउँछ ।

भिभो भी४० लाईटले प्रयोगकर्ताहरूलाई अविश्वसनीय दृश्य अनुभव प्रदान गर्दछ, विशेष गरी अन–दी–गो भिडियो सामग्री हेर्न मन पराउने प्रयोगकर्ताहरूका लागि, यो एक व्यक्तिगत सिनेमाघर जस्तै हुनेछ । डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले अविश्वसनीय स्पष्टताका साथ दृश्यहरू र इमर्सिभ ध्वनि गुणस्तर प्रदान गर्दछ, जसले हरेक चलचित्र, संगीत ट्र्याक, वा खेललाई पहिले कहिल्यै नभएको जस्तो जीवन्त बनाउँछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार