CLI

टुरिजम डेभलपमेन्ट बैंकले गर्‍यो १५ प्रतिशत बोनस शेयर घोषणा


इक्विटी नेपाल – काठमाडौँ :
मेगा बैंकसँग  मर्जरको प्रक्रियामा रहेको टुरिजम डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ०७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृत प्राप्त गरी आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गर्ने जनाएको छ।

बैंकले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड  ६ लाख २० हजार रुपैयाँको  १५ प्रतिशतका दरले हुन आउने रकम ३० करोड १५ लाख ९२ हजार ९ सय ८५ रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। हाल प्रस्तावित बोनस शेयर पूँजीकृत भएपछि  बैंकको चुक्ता पुँजी २ अर्ब ३१ करोड २२ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

Leave Your Comment

Related News