नेपाल इन्स्योरेन्सले पूँजी वृद्धिका लागि घोषणा गर्यो बोनसका साथै थप ६५ प्रतिशत हकप्रद शेयर


इक्विटी नेपाल – काठमाडौँ :
नेपाल इन्स्योरेन्स कम्पनीको चैत्र २१ गते बसेको सञ्चालक समितिको बैठकले आ.व ०७३/७४ को ६९ औँ वार्षिक साधारण सभा २०७५ साल वैशाख २१ गते काठमाडौँ स्थित एयरपोर्ट होटेल, सिनामंगलमा दिनको ११ बजे बस्ने निर्णय गरेको छ। बैठकले हाल कायम रहेको ( शत प्रतिशत हकप्रद अघि कायम रहेको पुँजी ३० करोड १९ लाख )को ४ दशमलव ५२३८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गतेलाई बुक क्लोज मिति तोकेको छ अर्थात् वैशाख ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने बोनस शेयर पाउनेछन् ।

कम्पनीले वैशाख ५ गतेदेखि शतप्रतिशत हकप्रद शेयर बिक्री गर्दै छ। सो हकप्रद शेयरका लागि चैत्र २३ गते बुक क्लोज गरिएको थियो। चैत्र २२ गते सम्म कायम शेयरधनीले शतप्रतिशत हकप्रद शेयर खरिद गर्न सक्ने छन् ।

कम्पनीको हकप्रद अघिको पुँजी ३० करोड १९ लाखपूँजीमा प्रस्तावित ४ दशमलव ५२३८ बोनस शेयर र वैशाख ५ गतेदेखि बिक्री हुन लागेको शतप्रतिशत हकप्रद शेयर पछी कम्पनीको पुँजी ६१ करोड ७६ लाख पुग्ने छ। त्यस्तै सो पुँजी पछी कम्पनीले पुन ६५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने छ । यसरी कम्पनीले आफ्नो पुँजी १ अर्ब कटाउने छ ।

कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म हेर्दा कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ३२ पैसा रहेको छ। दुईवटा हकप्रद पछी कम्पनीलाई प्रतिशेयर आम्दानी सन्तुलनमा राख्ने चुनौती थपिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार