तारबाट इन्टरनेट चलाउने सवा करोड पुगे

काठमाडौं । नेपालमा तारबाट इन्टरनेट चलाउने प्रयोगकर्ता १ करोड २३ लाख १२ हजार ५१४ पुगेछन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० असार मसान्तसम्मको तथ्यांकअनुसार अप्टिकल फाइबर (तार) मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या करिब सवा करोड पुगेको हो ।

नेपालमा इन्टरनेट सेवा प्रदायकमार्फत इन्टरनेट जडान गर्ने संख्या २८ लाख १७ हजार ५०९ छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणका अनुसार एउटा कनेक्सनबाट औसतमा ४.३७ ग्राहकले इन्टरनेट प्रयोग गर्छन ।

मोबाइल डाटाको तुलनामा तार इन्टरनेट तुलनात्मकरुपमा सस्तो हुनुका साथै वाईफाईमार्फत कम्प्युटर, ल्यापटप, मोबाइल डिभाइस र अन्य इन्टरनेट सपोर्ट गर्ने डिभाइसमा कनेक्ट गरेर परिवारका सबै सदस्यले चलाउन मिल्ने भएकाले पनि यसमा आकर्षण बढ्दो देखिन्छ ।

नेपाल इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीमध्ये वर्ल्डलिंकको बजार हिस्सा सबैभन्दा बढी छ । प्राधिकरणको तथ्यांक अनुसार ४० लाख १४ हजार ८६३ प्रयोगकर्ता सहित वर्ल्डलिंक उपभोक्ताको पहिलो रोजाइमा रहेको छ । वर्ल्डलिंकको बजार हिस्सा ३२.६१ प्रतिशत छ ।

११.३५ प्रतिशत बजार हिस्सा ओगटेको डिश मिडिया नेटवर्कका प्रयोगकर्ता १३ लाख ९७ हजार ७१ छ ।

१३ लाख ७० हजार १९१ प्रयोगकर्ता सहित नेपाल दूरसञ्चार कम्पनी तेस्रो स्थानमा छ । कम्पनीको बजार हिस्सा ११.१३ प्रतिशत छ ।

१० लाख ९३ हजार ७२ प्रयोगकर्ता सहित सुविसु केबलनेट चौथो र ९ लाख ७ हजार ९४१ प्रयोगकर्ता भएको भयानेट पाँचो स्थानमा छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार