बाणिज्य बैङ्कहरुले पहिलो त्रैमासमा नाफा बढाए

काठमाडौं । २० वटा बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय बिबरण सार्वजनिक गरेका छन् । चालु आवको पहिलो तीन महिनामा बाणिज्य बाणिज्य बैंङ्कहरुले १६ अर्ब २३ करोड १९ लाख १ हजार रुपैयाँ  खुद नाफा गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा बाणिज्य बैङकहरुले १३ अर्व ३४ करोड ४८ लाख ४० हजार खुद नाफा गरेका थिए । अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको यो अवधिमा बाणिज्य बैंकहरुको नाफा २ अर्ब ८८ करोड अर्थात २१.६३ प्रतिशतले बढाएका छन् ।

समीक्षा अवधिमा १३ बैंकको नाफा बढ्दा ७ बैंकको भने नाफा घटेको देखिन्छ ।

नाफा बढाउने बैंकहरुमा ग्लोबल आइएमई, नेपाल, प्रमु, लक्ष्मी सनरराइज, नेपाल एसबिआई, प्राइम, स्टान्डर्ड चार्टर्ड, कुमारी, सिद्धार्थ, एनएमबि, एभरेष्ट, कृषि विकास र नबिल बैंकले नाफा बढाएका छन् ।

सानिमा, हिमालयन, माछापुच्छ्रे, नेपाल इनभेष्टमेन्ट मेगा, सिटिजन्स, एनआइसी एशिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको छ ।

चालु आवको पहिलो त्रैमासमा नबिल बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । बैंकले २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको नाफा ५८ करोड ७२ लाख ९० हजार रुपैयाँ अर्थात ३९.९७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा सिद्धार्थ बैंकको नाफामा ठूलो छलाङ देखिएको छ । बैंकको नाफा सबैभन्दा बढी ७९१.४३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आवको सोही अवधिमा बैंकको नाफा बढेर ३८ करोड २० लाख रुपैयाँ पुगेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार