नेपाल बिधुत प्राधिकरणले काट्यो ४४ उधोगको बिधुत लाइन

काठमाडौं । नेपाल बिधुत प्राधिकरणले ४४ उधोगको लाईन काटेको छ । बिधुत प्राधिकरणले पटक-पटक उधोगीलाई डेडिकेटेड र ट्रक लाईन बापतको महसुल बुझाउन आग्रह गरेको थियो ।

पहिला पनि बिधुत प्राधिकरणले पटक पटक उधोगको लाईन काट्ने र सरकारको अनुरोधमा लाईन जोडिएको थियो । यस भन्दा अगाडि सरकार गठन प्रक्रिया लगत्तै उर्जा मन्त्री र प्रधानमन्त्रीको अनुरोधमा तिन महिनाका लागि महसुल बुझाउन थप गरेको थियो । हिजो तिन महिना पुरा भएको थियो आज बिधुत प्राधिकरण, उधोग ब्याबसायी र उर्जा मन्त्रीको बिचमा बार्ता भएको थियो सो भेटबार्तामा नेपाल बिधुत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले मन्त्रीपरिषद् निर्णयबाट लाईन नकाटिने भन्ने निर्णय भएमात्र लाईन नकाट्ने नत्र लाईन काटिने बताएका थिए ।

यो बिषय बर्षौ देखि पटक पटक उठ्ने गरेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार