काठमाडौं । तिहारको सार्वजनिक बिदापश्चयात खुलेको शेयर बजार घटेको छ । तिहार बिदा पछि शेयर बजार खुलेको पहिलो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ०.२१ अंकले घटेर २६७७.४० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.८२ अंकले घटेर ४७७.९९ विन्दुमा पुगेर बन्द भएको छ ।
मंगलबार ३०२ वटा कम्पनीको ९७ लाख १३ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब २० करोड ५५ लाख ५ हजार रहेको छ । जुन अघिल्लो बुधबारको तुलनामा १ अर्ब ७४ करोड ८४ लाख ४५ हजारले कम हो । बुधबार ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार कारोबार रकम रहेको थियो ।
मंगलबार ११३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार ७ वटा समूहको शेयर बढ्दा बाँकी ६ वटा समूहको शेयर घटेको हो । वित्त ७, होटल र पर्यटन ५६, जलविद्युत २६, जीवन बीमा ५२, निर्जीवन बीमा १४२ र अन्य समूह ५ अंकले बढ्दा बैंकिङ १२, विकास बैंक २६, लगानी ०.०४, उत्पादन र प्रशोधन २१, लघुवित्त ३ र अन्य समूह २७ अंकले घटेको छ ।
मंगलबार सर्वाधिक करोबार हुने शेयरहरुमा नेपाल फाइनान्स, सानिमा जर्नल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनी, आइजीआइ प्रुडेन्सीयल इन्स्योरेन्स र समृद्धि फाइनान्स कम्पनी रह्यो । नेपाल फाइनान्सको २९ करोड ९० लाख, सानिमा जर्नल इन्स्योरेन्सको १६ करोड ११ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीको १५ करोड ८४ लाख, आइजीआइ प्रुडेन्सीयल इन्स्योरेन्सको ११ करोड ६१ लाख र समृद्धि फाइनान्स कम्पनीको ११ करोड ६० लाखको कारोबार भयो ।