काठमाडौं । सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले कात्तिक २५ गते, आइतवार, बुकक्लोज गर्दैछन् । बिहीबार, छठको बिदा भएकोले यी कम्पनीहरूको बुकक्लोज अघिको आज अन्तिम कारोबार दिन हो । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले यी कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
सानिमा बैंकले मंसिर ४ गते, मंगलवार, आम्रपाली बैङक्वेट, भाटभटेनी, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।सभाले हाल कायम चुक्ता पूँजीका ५ दशमलव २६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाले भने मंसिर ७ गते, शुक्रवार, होटल उग्रचण्डी, बनेपा–७, बनेपा बजार, काभ्रेपलाञ्चोकमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा दिउँसो ३ बजे शुरु हुनेछ ।
सभाले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।