२६७५ मा झर्यो नेप्से, कारोबार रकम १ अर्बले बढ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से परिसूचकहरु घट्दा कारोबार रकम भने बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १.८८ अंकले घटेर २६७५.५१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.८१ अंकले घटेर ४७७.१८ विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार ३२० वटा कम्पनीको १ करोड १६ लाख कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ५ अर्ब २२ करोड २४ लाख ८६ हजार रहेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब १ करोड ६९ लाख ८१ हजारले बढी हो । मंगलबार ३०२ वटा कम्पनीको ९७ लाख १३ हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब २० करोड ५५ लाख ५ हजार रहेको थियो ।

बुधबार १२१ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बुधबार ५ वटा समूहको शेयर बढ्दा बाँकी ८ वटा समूहको शेयर घटेको हो । विकास बैंक् ३९, वित्त २८, जलविद्युत १६ र म्युअुचल फण्ड ०.२३ अंकले बढ्दा बैंकिङ २, होटल र पर्यटन ५२,लगानी ०.३८, जीवन बीमा १८, उत्पादन र प्रशोधन २१, लघुवित्त ५, निर्जीवन बीमा ११७ र अन्य समूह ३ अंकले घटेको छ ।

बुधबार सर्वाधिक करोबार हुने शेयरहरुमा नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर, समृद्धि फाइनान्स, सानिमा जर्नल इन्स्योरेन्स र नेपाल एसबीआई बैंक ऋणपत्र रहेको छ । नेपाल फाइनान्सको ३५ करोड ३८ लाख, पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख, समृद्धि फाइनान्सको २३ करोड ७५ लाख, सानिमा जर्नल इन्स्योरेन्सको १९ करोड ७३ लाख र नेपाल एसबीआई बैंक ऋणपत्रको १५ करोड ७५ लाख बराबरको कारोबार भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार