१६ अंकले घट्यो नेप्से, ३ अर्बले कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन शेयर बजार र शेयर कारोबार रकम दुवै घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १६.०५ अंकले घटेर २७४४.१५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.५८ अंकले घटेर ४८८.१३ विन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार ३१२ वटा कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रहेको छ। जुन सोमबारको तुलनामा ३ अर्ब ४५ करोड ५४ लाखले कमी हो । सोमबार ३०२ वटा कम्पनीको २ करोड ४५ लाख ५७ हजार १५३ शेयर कारोबार हुदाँ कारोबार रकम ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार रहेको थियो ।

मंगलबार बजार पूँजीकरण रकम भने ४३ खर्ब ७७ अर्ब १७ करोड रुपैयाँ रहेको छ । मंगलबार ८० वटा कम्पनीको शेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार १३ वटा समूह परिसूचकहरु मध्ये ३ वटा समूह बढ्दा१० वटा समूह घटेको छ । वित्त ४०, निर्जीवन बीमा १८ र व्यापार १३ अंकले बढ्दा बैकिङ ५, विकास बैंक १७, होटल र पर्यटन ११, जलविद्युत २०, लगानी ०.३८, जीवन बीमा ६२, उत्पादन र प्रशोधन २, लघुवित्त ३५, म्युअुचल फण्ड ०.०३ र अन्य समूह २५ अंकले घटेको छ ।
मंगलबार सर्वाधिक करोबार हुने शेयरहरुमा गुडविल फाइनान्स, वेष्ट फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, जानकी फाइनान्स र पिपुल्स हाइड्रोपावर कम्पनी रह्यो । गुडविल फाइनान्स २९ करोड २८ लाख, वेष्ट फाइनान्सको २९ करोड २५ लाख, आँखु खोला जलविद्युत कम्पनीको २५ करोड ५९ लाख, जानकी फाइनान्सको २० करोड ५९ लाख र पिपुल्स हाइड्रोपावर कम्पनीको १९ करोड ३३ लाख कारोबार रकम रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार