काठमाडौं । साताको तेस्रो दिन शेयर बजार र शेयर कारोबार रकम दुवै घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १६.०५ अंकले घटेर २७४४.१५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.५८ अंकले घटेर ४८८.१३ विन्दुमा पुगेर बन्द भएको छ ।
मंगलबार सर्वाधिक करोबार हुने शेयरहरुमा गुडविल फाइनान्स, वेष्ट फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, जानकी फाइनान्स र पिपुल्स हाइड्रोपावर कम्पनी रह्यो । गुडविल फाइनान्स २९ करोड २८ लाख, वेष्ट फाइनान्सको २९ करोड २५ लाख, आँखु खोला जलविद्युत कम्पनीको २५ करोड ५९ लाख, जानकी फाइनान्सको २० करोड ५९ लाख र पिपुल्स हाइड्रोपावर कम्पनीको १९ करोड ३३ लाख कारोबार रकम रहेको छ ।
मंगलबार ३१२ वटा कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रहेको छ। मंगलबार बजार पूँजीकरण रकम भने ४३ खर्ब ७७ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।