बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ५० अर्ब खिच्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ लिन लागेको छ । बजारमा अधिक तरलता भएपश्चात नेपाल राष्ट्र बैङ्कले  लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा तानिरहेको छ ।

आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त  ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन सक्नेछन् ।

यो २१ दिने निक्षेप संकलन उपकरणको मंसिर १९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार