युनिलिभरको नाफा साढे २ करोडले घट्यो

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको नाफा २ करोड ५६ लाखले घटेको छ । लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ करोड ६९ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ५५ करोड २५ लाख नाफा कमाएको थियो ।

लिमिटेडको आम्दानीमा कमी आए सँगै नाफा समेत घटेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लिमिटेको आम्दानी २ अर्ब २८ करोड १२ लाख रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब ३५ करोड ३० लाख रहेको थियो ।

लिमिटडेको खर्च समेत घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लिमिटेडको कुल खर्च १ अर्ब ६३ करोड ७५ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लिमिटेडको कुल खर्च १ अर्ब ६७ करोड ९७ लाख रहेको थियो ।

समीक्षा अवधिमा लिमिटडेको कुल सम्पत्ति ७ अर्ब ६६ करोड, कुल दायित्व २ अर्ब ९२ करोड र कुल इक्विटी ५ अर्ब ३७ करोड रहेको छ । हालसम्म लिमिटेडको चुक्ता पुुँजी ९ करोड २१ लाख रहेको छ । नेपालको धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्येकै सर्वाधिक लाभांश यो कम्पनीले वितरण गर्दै आएको छ । यस वर्ष पनि कम्पनीले १ हजार ७१४ प्रतिशत नगद लाभांश करसमेत वितरण गरेको छ ।

लिमिटेडको प्रति शेयर आम्दानी ५७२ रुपैयाँ, प्रति शेयर नेटवर्थ ५ हजार ८३६रुपैयाँ, पिई रेसियो २३.५० र तरलता अनुपात २.७५ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार