शिवम सिमेन्ट्स आम्दानी बढाउन नसक्दा पनि १ करोड बढी नाफामा

काठमाडौं । शिवम सिमेन्ट्स कम्पनीले आफनो नोक्सानीमा सुधार गर्दै नाफा कमाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख ९९ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनी ५ करोड ३४ लाख १ हजार नोक्सानीमा रहेको थियो ।

आम्दानी बढाउनन नसके पनि आफनो खर्चमा सुधार गर्दै कम्पनी नाफामा गएको देखिन्छ । समीक्षा अवधिमा कम्पनीले ५ करोड ६० लाख ९२ हजारले आफनो खर्च घटाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कुल खर्च १८ करोड ९३ लाख ९८ हजार रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको कुल खर्च २४ करोड ५४ लाख ९० हजार रहेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी भने २२ करोड १२ लाख ६ हजार कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको आम्दानी १ अर्ब ४० करोड ६३ लाख ८० हजार रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको आम्दानी १ अर्ब ६२ करोड ७५ लाख रहेको छ । कम्पनीले आफनो उत्पादन बिक्री वितरण गरी समीक्षा अवधिमा १ अर्ब ३० करोड २७ लाख आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १ रुपैयाँ २ पैसा, प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २८ पैसा, प्रतिशेयरर कुल सम्पत्तिको मुल्य २३३ रुपैयाँ ६० पैसा र तरलता अनुपात १.६५ रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार